Comments Add Comment

धनुषामा सवारी दुर्घटना, एकको मृत्यु , दुई गम्भीर

accident

६ वैशाख, जनकपुरधाम ।  धनुषाको जनकपुर ढल्केवर सडक खण्डको लक्ष्मीनियामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाईते भएका छन् ।

ढल्केवरबाट जनकपुर तर्फ आउँदै गरेको भारतीय नम्बरप्लेट ए.एस.०१ डब्लु ०४२० नम्बरको स्कारपियो तिव्रगतिका कारण अनियन्त्रित भई लक्ष्मीनियाको मैदा मिल अगाडी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका २२ कुर्थाका ३५ वर्षका विनोद पाशवान रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक र एक जना सवार गम्भीर घाईते भएका छन । उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment