+
+
Shares

‘कलिउड’देखि ‘द विनर’सम्म, मलिना कती सफल कती असफल ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ६ गते ११:२६

malina joshi
पूर्व मिस नेपाल मलिना जोशी ‘कलिउड’ चलचित्रमा आइटम नृत्य गर्दै यो क्षेत्रमा प्रवेश गरिन् । हुनत, ‘मिस नेपाल’ भएपछि धेरै यूवतीहरु चलचित्रमा नआउने बताउँछन् । तर, अन्तिम विन्दु त्यही नै हो ।

मलिना जोशी पनि यही क्षेत्रमा आइन् । उनले अभिनय गरेको चलचित्र ‘ऋतु’ चलेन । उनी पनि चलचित्र क्षेत्रमा खासै चलेकी छैनन् । उनी अहिले चलचित्र ‘संरक्षण’मा व्यस्त छिन् । यता, उनले अभिनय गरेको चलचित्र ‘द विनर’को टिजर रिलिज भयो ।

यो टिजरमा उनको अनुहार नै देखाइएको छैन । चलचित्र क्षेत्रमा लागेर ‘मिस नेपाल’मा जस्तै प्रथम स्थान हासिल गर्ने यी सुन्दरीको सपना पुरा भएको छैन । विभिन्न कार्यक्रमका लागि विदेशमा नै बढी रहने मलिना चलचित्रमा भने सफल हुन सकेकी छैनन् । उनी पछि आएका  थुप्रै यूवतीहरुले सफलताको झन्डा गाड्दै गर्दा मलिना पनि कतै अलमलिरहेकी छिन् ।

‘ द विनर’को टिजरमा उनको अनुहार देखाउन किन निर्माणपक्षले उत्तम ठानेन, रोचक बिषय छ । साच्चै, मलिनाले चलचित्र क्षेत्रमा स्थान कहिले बनाउलिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?