Comments Add Comment

नामिबियाले छैटौं विकेट गुमायो, शक्तिले पहिलो विकेट लिए

Cricket

६ वैशाख काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्गर्गत कीर्तिपुर मैदानमा भइरहेको खेलमा नामिवियाले छैटौं विकेट गुमाएको छ ।

नेपाली भेट्रान स्पिनर शक्ति गौचनले नामिवियाको छैटौं विकेट लिएका हुन् ।

३९.१ ओभरमा शक्तिको बलमा ठूलो सट खेल्ने प्रयासमा रहेका नामिबियाका ब्याट्सम्यान लरेन्सलाई नरेश बुढायरले बाउण्ड्रि लाईनमा क्याच आउट गराएका हुन् ।

नयाा ब्याट्सम्यानको रुपमा निकोलस स्कल्स्च आएका छन् भने सरेल बर्गर ११ रन बनाएर क्रिजमा छन् ।

खेल पूरै नेपालको पकडमा देखिएको छ । नेपाली स्पिनरहरु खेलमा हावी भएका छन् । अहिलेसम्म स्पिनरहरु बसन्त रेग्मीले २, सन्दीप लामिछानेले १ र शक्ति गौचनले एक विकेट लिएका छन् । नेपालले दुई विकेट रनआउटमार्फत हात पारेका थियो ।

३०औं ओभरको दोस्रो र अन्तिम बलमा बसन्तले नामिबियाका दुई ब्याट्सम्यानलाई एलविडब्ल्यूको धरापमा पारेका थिए ।

त्यसअघि सन्दीपले नेपालका लागि विकेटको खाता खोलेका थिए । उनले ओपनर तथा कप्तान स्टेफल बार्डलाई ५१ रनको व्यक्तिगत स्कोरमा २१औं ओभरमा पेविलियन पठाएका थिए ।

त्यसयता नामिवियाको दुर्भाग्यको पलहरु सुरु भयो । नामिवियाका दुई ब्याट्सम्यान लगातार रनआउटको शिकार भए । पिक्की फ्रान्सलाई शरद भेषवाकरले र इरासमुसलाई सब्सिच्युड फिल्डर सुसान भारीले रानआउट गराएका अथिए ।

कुनै समय ९५/० को बलियो स्थितिमा रहेको नामिवियाले ४० ओभरमा १४४ रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment