Comments Add Comment

नामिबियाले सातौं विकेट गुमायो, सन्दीपले अर्को विकेट लिए

Cricket६ वैशाख, काठमाडौं । नेपाली स्पिनरहरुको उत्कृष्ट प्रदर्शनपछि विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाले सातौं विकेट गुमाएको छ ।

व्यक्रिगत दोस्रो विकेट लिने क्रममा नेपाली किशोर खेलाडी सन्दीप लामिछानेले भर्खरै क्रिजमा आएका निकोलास स्कोल्जलाई कट एण्ड बोल्ड गरेका छन् ।

४४औं ओभरको दोस्रो बलमा उनले उत्ृष्ट बलिङको नमुना प्रस्तुत गर्दै नामिबियाका सबैभन्दा बनुभवि ब्याट्सम्यान स्कोल्जलाई पेविलियनको बाटो देखाएका हुन । उसअघि उनले ओपनर तथा कप्तान बार्डको विकेट लिएर नामिबियाको विकेट पतनको सुरुवात गरेका थिए ।

आजको खेलमा नेपाली स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । नेपालले लिएका सबै विकेट स्पिनरले दिएका हुन । जसमा सन्दीपका अलावा बसन्तले दुई र शक्ति गौचनले १ विकेट लिएका छन् ।

नेपालले २ विकेट रनआउटमार्फत हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment