Comments Add Comment

फ्रान्स फुटबलको घोषणा – पोग्बा रियल मड्रिड जाने !

२६ चैत, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहेका मिडफिल्डर पोउल पोग्बा रियल मड्रिड जाने चर्चा चलिरहँदा ‘फ्रान्स फुटबल’ म्यागेजिनले पनि त्यसमा सत्यता रहेको उल्लेख गरेको छ ।

फ्रान्सबाट गएको विश्वकप जितेका पोग्वाको समय युनाइटेडका लागि यति नै रहेको र नयाँ सिजनमा उनी मड्रिड जाने पक्का भएको फ्रान्स फुटबलले जनाएको हो ।

मड्रिडले चेल्सीका बेल्जियन प्लेमेकर इडन हजार्डलाई किन्ने खबर आइरहेका बेला युनाइटेडका पोग्बा किन्ने चर्चा पनि चलिरहेको थियो । फ्रान्स फुटबलमा प्रकाशित समाचारपछि पोग्वा जानेमा थप सम्भावना बढेको छ । मंगलबारको म्यागजिनमा फ्रान्स फुटबलले कभर स्टोरी नै पोग्वाको रियल मड्रिड जाने सम्भावनामा केन्द्रित गरेको छ ।

बालोना डिओर जित्ने पोग्बाको इच्छा पनि युनाइटेडबाट भन्दा मड्रिडबाट नै नजिक रहेको फ्रान्स फुटबलले जनाएको छ । जहाँ युनाइटेडबाटै मड्रिड गएर क्रिष्टियानो रोनाल्डोले पाएका उपलब्धीलाई पनि उल्लेख गरिएको छ ।

२६ वर्षका पोग्बाको युनाइटेड छाड्ने सही समय अहिले नै रहेको र अगाडिका दिनका लागि पनि उनी मड्रिड जानुपर्ने बताइएको छ । साथै आफ्नो खेलको विकास पनि प्रिमियर लिगमा भन्दा लालिगामा नै राम्ररी हुनेमा पोग्वा विश्वस्त रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment