Comments Add Comment

लोकेश राहुलको उत्कृष्ट पारीमा पञ्जाबको जित, हैदरावाद हार्‍यो

Photo Credit : आईपीए

२६ चैत, काठमाडौं । किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

आफ्नै घरेलु मैदान मोहलीमा भएको खेलमा पञ्जाबले हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । १५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

पञ्जाबको जितमा ओपनर लोकश राहुलले उत्कृष्ट पारी खेल्दै ७१ रनमा अविजित रहेँ । उनले ५३ बलमा सात चौका र एक छक्का प्रहार गरे । त्यस्तै, पञ्जाबका लागि मयंक अग्रवालले पनि अर्धशतक बनाए । उनले ५५ रन बनाएका थिए ।

खराब सुरुवात गरेको पञ्जाबले पहिलो विकेटको रुपमा क्रिस गेललाई १८ रन हुदा गुमाएको थियो । तर दोस्रो विकेटका लागि लोकेश राहुल र मयंक अग्रवालले ११४ रनको विशाल साझेँदारी गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए ।

बलिङतर्फ सन्दीप शर्माले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई मध्यम स्कोरमा पर्‍याएका थिए । उनले ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ७० रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment