Comments Add Comment

चर्चामा २० वर्षे क्रिकेटर, विश्वकप खेल्ने आश !

२६ चैत, काठमाडौं । इंग्ल्याण्डका अलराउण्ड क्रिकेटर साम कुर्रानले आउँदो विश्वकपमा राष्ट्रिय टिममा पर्न इन्डियन प्रिमियर लिग (आईपीएल) ले सहयोग गर्ने बताएका छन् ।

‘विश्वकप ठूलो प्रतियोगिता हो, आश छ यसपटक मेरो नाम पनि त्यहाँ हुनेछ’ अहिले आईपीएलमा किंग्लस इलाभेन पञ्जाबबाट खेलिरहेका कुर्रानले भनेका छन् ।

आईपीएलमा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा ह्याट्रिक लिएपछि कुर्रानको र्चा चुलिएको थियो । जारी सिजन आईपीएल अक्सनमा सबैभन्दा महँगोमा बिक्ने विदेशी खेलाडीसमेत बनेका कुरौनले ७ करोड २० लाख भारतीय रुपैयाँ पाएका थिए ।

२० वर्षका कुर्रान महँगोमा बिकेकाले खेलमा दबाव रहने आँकलन गरिए पनि उनले आफ्नो लागि सिक्ने अवसर रहेकाले दबाव महसुस नगर्ने बताएका थिए । देब्रे हाते बलर र ब्याट्सम्यान कुर्रानले छोटो समयमा देखाएको खेलले उनको विश्वास बलियो देखिएको छ ।

‘म कतिमा बिक्रि भएँ भन्ने कुरामा ध्यान दिन्न, मेरो लागि हरेक खेलमा राम्रो गर्नु नै महत्वपूर्ण हुनेछ । भारतीय क्रिकेटमा अहिले म रमाइरहेको छु, दर्शकहरु असाध्यै हुटिङ गर्छन् जसले आफ्नो खेल राम्रो गर्नुपर्ने प्रेरणा मिलिरहन्छ’ उनले भनेका छन्,

‘यहाँ मिलेसम्म सबैसँग सिक्ने प्रयास गरिरहेको हुन्छु, आशा छ आईपीएल सकिने समयसम्म मेरो खेल अझै राम्रो हुने छ ।’

दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा पनि आफूले ह्याट्रिक लिने सोचेर बलिङ गरेको नभई रन बचाउनेबारे मात्रै सोचेको उनले बताएका छन् । ‘रन जोगाउनका लागि नै बलिङ गरेको हो तर बोनसमा ह्याट्रिक पनि मिल्यो’ उनले भनेका छन् ।

क्रिकेटरका सन्तान

कुर्रान जिम्बावेका क्रिकेट खेलाडी तथा प्रशिक्षक केभिन माल्कोल्म कुर्रानका छोरा हुन् । उनका हजुरबुबा केभिन प्याट्रिक कुर्रान पनि जिम्बावेका फस्ट क्लास क्रिकेटर नै हुन् । कुर्रानका दुई दाइ टम र बेन पनि क्रिकेटर नै हुन् ।

कुर्रानले २०११ मा जिम्बावेको यु १३ टिमबाट पनि क्रिकेट खेलिसकेका छन् ।

२०१६ मा बंगलादेशमा भएको यु १९ विश्वकप क्रिकेटमा पनि कुर्रानले इंग्ल्याण्डबाट नै खेलेका थिए । जहाँ ६ खेलमा ७ विकेट लिएर २०१ रन समेत बनाएका उनको खेल धेरैले नियाल्ने मौका पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment