Comments Add Comment

चेल्सी लिगको तेस्रो स्थानमा उक्लियो, चम्किए हजार्ड

Photo Credit : प्रिमियर लिग

२६ चैत, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामलाई पराजित गरेको छ ।

चेल्सीले सोमबार राति आफ्नै घरेलु मैदानमा वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा इडन हजार्ड नायक बने । उनकै दुई गोलको मद्दतमा चेल्सीले वेष्ट ह्याममाथि सहज जित निकालेको हो ।

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । चेल्सीका लागि खेलको २४औं मिनेटमा हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ९० औं मिनेटमा चेल्सीले फेरी गोल गर्दै २–० को अग्रता बनाउन सफल भयो । यो पटक पनि हजार्डले नै गोल गरे । उनकै नायकत्वमा चेल्सीले वेष्ट ह्याममाथि जित हात पारेको हो ।

पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ । पराजित वेष्ट ह्यामको भने समान खेलबाट ४२ अंक छ । यता लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसको ३३ खेलबाट ८२ अंक रहंदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment