Comments Add Comment

बिहारीहरु रक्सी पिउन नेपाल छिर्न थाले

Nitish-Kumar

६ वैशाख, झापा । नितीश कुमार मुख्यमन्त्री भएपछि भारतको विहार राज्यमा मार्च ३० तारिखमा शरावबन्दीको कानुन पारित भएको छ । विधान मण्डलमा विहार शंसोधन विधेयक, २०१६ सर्वसम्मत रुपमा  पारित भएपछि अप्रिल १ तारिखदेखि यो कानुन लागू भएको छ ।

कानुनतः मदिरा उत्पादन, विक्री-वितरण वा सेवन गरे १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र १० वर्षसम्म कैद सजायँको व्यवस्था गरिएको छ ।

बिहारमा कडा कानुन पारित भएपछि अहिले भारतीय मदिरा सेवनकर्ताहरु छटपटिन थालेका छन् । सीमावर्ती ग्रामीण भेगका नेपाली पसलहरुमा आएर बिहारीहरुले मदिरा सेवन गर्न थालेका छन् । नेपालमा खुल्ला मदिरा विक्रीका कारण भारतीय जँड्याहाहरुका लागि नेपाली सीमावर्ती बजारहरु उत्तम विकल्प बनेका छन् ।

नेपाली बजारमा विहारका स्थानीयदेखि प्रहरीका अधिकारीसम्म मदिरा सेवन गर्न आउने गरेको भारतसँग सीमा जोडिएको झापाको लसूना वोर्डरका एक स्थानीयले जानकारी दिए ।

मदिरा सेवनका कारण विहार राज्यमा अपराध बढेको र नागरिकले घरपरिवारलाई वेवास्ता गरेको भन्दै त्यहाँ मदिराको विक्री वितरणमा कडा प्रतिबन्ध लगाइएको होे । मदिरा प्रतिवन्धित भएपछि विहारसँग सीमा जोडिएको नेपाली बजार लसुना र झापा बजारमा भारतीय ग्राहकलाई लक्षित गरी होटलहरु खुल्ने क्रमसमेत बढेको छ ।

हाल लसुना र झापा बजारमा करिब एक दर्जन होटलहरु खुलिसकेका छन् भने त्यति नै सङ्ख्यामा खुल्ने क्रममा छन् ।
 
पैदलयात्रुलाई पनि मापसे

विहारमा मदिरा प्रतिवन्धित भएपछि नेपाली बजारमा आउने भारतीयहरुलाई प्रवेशद्वारमै भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले ‘मापसे’ चेकिङ गरेर मात्रै प्रवेश गर्न दिन थालेका छन् ।  ‘मापसे’ गरेको भेटेमा कुटपिट गर्ने साथै अन्य कारवाही समेत गर्ने गरेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment