Comments Add Comment

नामिबियाद्वारा नेपालसामु २४० रनको चुनौति

Inning Summary_Nepal Vs namibia

६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नामिबियाले नेपालसामु २४० रनको विजयलक्ष्य पेश गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो ।
नेपाल केहिबेरमा ब्याटिङमा उत्रदैछ ।

उत्कृष्ट सुरुवात गरेको नामिबियाका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा ठूलो योगफल बन्न सकेन । सुरुवाती बीस ओभरमा बिनाक्षति ९५ रन प्रहार गरेको नामिबिया २१औं ओभरमा कप्तान बार्ड आउट भएसँगै विकेट पतनको क्रममा पुग्यो ।

त्यसयता नामिबियाका पाँच ब्याट्सम्यान छिट्टै पेविलियन फर्किए । ओपनरहरु वार्डले ५१ रनको अर्धशतकीय पारी खेले भने अर्का ओपनर जेन गि्रनले ४७ रन बनाए ।Shakti

मध्यक्रममा सुस्त गतिमा रन बनेपछि अन्तिम ओभरमा नामिबियाका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले नेपाली बलरलाई दवावमा राखेका थिए । ४६औं ओभरमा नेपाली फाष्ट बलर सोमपाल कामीले २० रन दिएका थिए ।

पछिल्ला क्रममा ब्याट्सम्यानहरु जेपी कोट्जेले ३२ र निकोलास स्कोल्सले २२ रनको विष्फोटक पारी खेलेका थिए । त्यस्तै सरेल वर्गरले  अविजित ४३ रन बनाए ।

बलिङतर्फ नेपाली स्पिनरहरु बसन्त, शक्ति र सन्दीपले २/२ विकेट लिए । नामिबियाले दुई विकेट रनआउटमार्फत गुमाएको थियो ।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले नामिबियालाई ५ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment