Comments Add Comment

रसियाका राजदुतलाई कोमलले आँखा लगाएपछि…

komal-and-badri
काठमाडौं । नेपालमै छँदा गीत मार्फत ह्यान्डसम केटा चाहियो भन्दै हिँडेकी गायिका कोमल वलीले रसिया पुगेपछि एनआरएन पूर्व अध्यक्ष जीबा लामिछाने र रसियाका लागि नेपाली राजदुल रबिमोहन सापकोटालाई आँखा लगाइन् ।

नयाँ वर्ष २०७३ को अवसरमा मस्कोको रुदेन युनिभर्सिटीको हलमा आयोजित कार्यक्रममा कोमलले गीतको सुरुवाद गर्दै भनिन्…

मस्कोतिर म आउँदा खेरी
भेट भयो जिबा लामिछाने तन्नेरी…

जिवा पनि के कम कोमलको हात समाएर स्टेजमै नाँच्न थाले छमछमी । कार्यक्रम हेर्न हलमा उपस्थित भएकाहरु निकै रोमाञ्चित थिए । शायद युवाहरु उत्साहित भएको थाह पाएकाले होला कोमलले भनिन् ‘याभास लुब्लु’ (आई लभ यु मस्कोका तन्नेरी)

करिव सात सयको संख्यामा रहेका नेपाली दर्शक उपस्थित रहेको उक्त कार्यक्रममा सहभागी अर्का गायक बद्री पंगेनीले कोमललाई काउन्टर दिए ।

कोमल दिदीले युवाहरुलाई आई लभ यु भन्नु भयो अब म युवतिलाई आई लभ यु भन्छु भन्दै ब्वाईफ्रेन्ड नभएका युवतीलाई स्टेजमा डाके ।

युवतिहरु पनि के कम स्टेजमै गएर बद्रीसँग ससुरालीमा गाउन थाले । एकछिन स्थानिय युवतिसँगै गाएपछि बद्रीले फेरि कोमललाई बोलाए अनि सुरु भयो रसियाको हलमा नेपाली लोक दोहोरीः

komal

बद्रीले भनि हाले
एनआर एनले घेरेका घेरै छन्
राजदुतले हेरेका हेर्‍यै छन्
ससुरालीमा …

कोमलको पायो आयो । उनी पनि के कम जवाफ दिईहालिन्

भाई तिम्ले के कुरा गरेको
यै राजदुत हुन् मलाई मन परेको …
हल फेरि गुञ्जयमान भयो । दर्शकहरु मस्तले नाँचीरहे ।
बद्रीले फेरि भने
बिहे नगरेका अरु कोई भेटिनौं
राजदुत ज्युको स्वास्नीसंगै देखिनौं ..
कोमलको जवाफ थियो
यै राजदुतको मायामा फस्ने हो
दिदी बैनी मिलेर बस्ने हो …
हुटिङको पहरा छुट्यो । बद्रीले कुरा जीबा तीर मोडे
तिम्ले दिदी रसियन भेना खोजन
बरु जिवा लामिछाने रोजन…
कोमलले जवाफ फर्काईन
अन्त कैं पाईन्न
जिबा भए अरु कोई चाहिन्न…

दोहोरी लामै भयो । दर्शकले हुटिङ गरेर स्वागत गरिरहे । कोमलले बाँझो खेतमा, जवानी बढ्यो झन, तुल्सीपुरमा, मलमलकिरी, पोइल जान पाम लगायतका गीत गाइन् ।
कार्यक्रममा बद्रीले गणतन्त्र जिन्दावाद, मन थिएन जोगी बन्नलाई, लाउ चेली सिन्दुर लाउ लगायत दर्जन गीत गाएका थिए । स्थानिय कलाकारले पनि गीत र नृत्य प्रस्तुत गरेका थिए ।

अरु मुलुकको तुलनामा रसियामा कमै हुन्छ नेपाली कार्यक्रम । प्राय वर्षमा एक पटक नयाँ वर्षमा मात्रै कार्यक्रम हुने गर्छ । कार्यक्रमको उद्घाटन रसियाका लागि नेपाली राजदुत रबिमोहन सापकोटाले गरेका थिए ।

कार्यक्रममा एनआएनका पूर्व अध्यक्ष जिवा लामिछानेले नेपाली कला संस्कृति जोगाउन यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment