Comments Add Comment

२१ राजदूत सिफारिस, दलका नेतादेखि पूर्वमन्त्रीसम्म (सूचीसहित)

Pm-office

७ वैशाख, काठमाडौं । राजनीतिक दलका नेता र कर्मचारीसहित सरकारले २१ राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सत्तारुढ दलको भागवण्डामा राजदूत नियुक्त गरेको हो । परराष्ट्र मन्त्रालयका ८ कर्मचारी राजदूत बनेका छन् भने बाँकीमा राजनीतिक भागवण्डा भएको छ ।

चीनका लागि राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सिफारिस भएका छन् । एमाले नेता पाण्डे अघिल्लो सरकारमा परराष्ट्रमन्त्री थिए ।

युवराज कार्की दक्षिण कोरिया, नारद भारतद्धाज श्रीलंका र डा. शिवमाया तुम्वाहम्फे इजरायलका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

यस्तै एमाओवादीको तर्फबाट लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । पदम सुन्दास बहराइनका लागि राजदूतमा सिफारिस भएका छन् ।

पूर्वमन्त्री निरन्जन थापा रसियाका लागि राजदूत सिफारिस भएका छन् । उनी राप्रपा नेपालका नेता हुन् ।

युवनाथ लम्साल डेनमार्क, डा. खडग केसी जापान, भरतबहादुर रायमाझी यूएई, महेन्ऽ सिंह कतार, खगेन्द्र बस्नेत बंगलादेश र अलिअख्तर मिकरानी सउदी अरेवियाका लागि राजदूत सिफारिस भएका छन् ।

बेलायतका लागि परराष्ट्रका दुवसु क्षेत्री, प्रकाश सुवेदी अष्ट्रिया, रमेश खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, सेवा लम्साल अधिकारी पाकिस्तान र लोकबहादुर थापा बेल्जियमका लागि राजदूत सिफारिस भएका छन् ।

त्यस्तैगरी परराष्ट्रका ऋषि घिमिरे म्यानमार र तारा पोखरेल ब्राजिलका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

Rajdut-list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment