Comments Add Comment

नयाँ शक्तिका केन्द्रीय अभियन्ता विप्लव माओवादीमा प्रवेश

८ वैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका एक केन्द्रीय परिषद सदस्य उदय राई विप्लव माओवादीमा प्रवेश गरेका छन् ।

Udaya raiमोरङको बेलबारी १, नक्सलबारी घर भएका राईले मंगलबार नयाँ शक्ति छाडेको घोषणा गरेका हुन् ।

चावहिलस्थित पशुपति क्याम्पसमा आयोजना गरिएको विप्लव माओवादी समर्थित युवाहरुको जिल्ला सम्मेलनमा राईलाई कलाकार माइला लामाले अवीर लगाएर नयाँशक्ति छोडाएका हुन् ।

भेलामा बोल्दै राईले आफूलाई नयाँ शक्तिमा डा. भट्टराईले नसोधिकन राखेको बताए ।

नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य बन्नुअघि राई एमाओवादीमा थिए । एमाओवादीमा लाग्नु अघि नेकपा एकीकृतमा रहेका उनी त्यसअघि चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चामा थिए ।

यसैवीच एमाओवादी नेता झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी पनि आफ्ना बाबुको पार्टी छाडेर विप्लव माओवादीमा प्रवेश गरिसकेका छन् ।

त्यसैगरी कृष्णबहादुर महराका छोरा तथा पूर्व लगाकू एटम महरासँग पनि विप्लव माओवादीका नेताहरुले छलफल अघि बढाएको स्रोतले बतायो ।

यसैवीच मंगलबार राति सम्पन्न विप्लव माओवादीको युवा संगठनको भेलाले पूर्वलडाकू रामबहादुर लामा, प्रखरको नेतृत्वमा ५१ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा रवि गोले र सूर्य भुजेल छन् भने सचिव, सहसचिव र कोषध्यक्षमा क्रमशः रामकृष्ण खतिवडा, वालकृष्ण महर्जन र सन्तोषी महर्जन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment