Comments Add Comment

थप आन्दोलन नगर्न मधेसकेन्द्रित दलसँग आग्रह

८ वैशाख, कपिलवस्तु । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार सामु स्थानीय निर्वाचन लगायत अन्य महत्वपूर्ण कार्य गर्न चुनौती रहेको बताएका छन् ।

कपिलवस्तु ४ नं निर्वाचन क्षेत्रमा पत्रकारसँग कुरा गर्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले अहिलेको सरकारलाई मुख्य दलको समर्थन रहेको बताए । अब कांग्रेस पनि विगतको भद्र सहमतिलाई पालना गरेर वर्तमान सरकारमा सहभागी हुनुपर्ने उनको जोड थिए ।

एमालेको नेतृत्वमा गठन भएको यो सरकार देश कठिन अवस्थामा रहेको बेलामा गठन भएको र मधेसवादी दलका माग पनि पूरा भएको भन्दै उनले अब थप आन्दोलनको तयारी नगर्न मधेसकेन्द्रित दललाई आग्रह समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment