Comments Add Comment

न्यूजिल्याण्डमा कार दुर्घटना, ६ महिनाको छोरासहित भुटानी शरणार्थीको मृत्यु

car-accident
क्राइष्टचर्च । न्यूजिल्याण्डमा भएको कार दुर्घटनामा ८ महिना छोरासहित भुटानी शरणार्थीको मृत्यु भएको छ । दुर्घटनामा बुबा र छोरी घाइते भएका छन् ।

तुलारामको परिवार झापाको शरणार्थी शिवरबाट न्यूजिल्याण्डको क्राइस चर्च पुगेका थिए । दक्षिण द्वीपको ट्वीजेल नजिकै उनीहरु सवारी दुर्घटनामा परेको सञ्चार सञ्चार माध्यमहरुले जनाएका छन् ।

कार दुर्घटनामा मन क्षेत्री र उनका ६ महिने छोरा आरोणको मृत्यु भएको छ । उनका पति तुलाराम गम्भीर घाइते भएका थिए । उनको क्राइष्टचर्च अस्पतालमा उपचार भइरहको छ ।

जेठी छोरीलाई युनिभर्सिटी पुर्‍याएर र्फकने क्रममा उनीहरु दुर्घटनामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment