Comments Add Comment

भूकम्प र नाकाबन्दीले रोकिएन सवारी बिक्री

Auto-Market

 वैशाख, काठमाडौं । भूकम्प र नाकाबन्दीले मुलुकको अर्थतन्त्र चौपट भइरहेको बेलामा पनि सवारी साधनको बिक्री प्रभावित भएन । विलासी वस्तुका रुपमा लिइने सवारी खरिद बिक्री आर्थिक गतिविधी ठप्प हुँदा पनि उच्च नै रहृयो ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ३२ अर्ब १७ करोड रुपैयाँको सवारी तथा पार्टपुर्जा आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ प्रतिशतमात्र कम हो । अघिल्लो वर्ष ३२ अर्ब ५३ करोडको सवारी तथा पार्टपुर्जा आयात भएको थियो ।

भूकम्प र नाकाबन्दीले अटो बिक्री घटेको अटो व्यवसायि बताइरहेका छन् । तर, राष्ट्र बैंकको तथ्यांकले अटो व्यवासाय खासै प्रभावित नभएको देखाउँछ । अघिल्लो वर्ष २०७१/०७२ को आठ महिनामा ३० प्रतिशत हाराहारीमा बढेको अटो व्यवसाय भूकम्प र नाकाबन्दीले यस वर्ष स्थिर भने बनाएको छ ।

यस अवधिमा भारतबाट हुने सवारी आयात बढेको छ । नाकाबन्दीले चीन र तेस्रो मुलुकबाट हुने सवारी आयात घटेको छ । नेपालमा भारतबाट इन्टि्र लेवलका गाडी र मोटरसाइकल आयात हुँदै आएको छ । तेस्रो मुलुकबाट भित्रिने अधिकांश सवारी महंगो मूल्यका हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment