Comments Add Comment

परस्त्रीगमन गर्ने पुरुषलाई हृदयाघातको खतरा उच्च

cheating_girlfriend

भनिन्छ प्रेम भन्ने कुरा मुटुबाटै प्रस्फुटित हुन्छ र गहिरो साग मुटुमै प्रेमको बास हुन्छ । सायद त्यहीा भएर होला प्रेम वा आत्मीय सम्बन्धमा धोका दिादा मुटुमै असर पर्दछ ।

यो कुरा कुनै काल्पनिक वा साहित्यिक पाठ्यांशको हरफ होइन । वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको विषय हो ।

विवाहेत्तर सम्बन्धले कुनैपनि मानिसको वैवाहिक जिवनमा नकारात्मक असर पार्नु स्वभाविकै हो । यस्तो अनैतिक तथा अवैध सम्बन्धको असर उसको परिवारका हरेक सदस्यमा पर्दछ । यसले विश्वास, प्रेम तथा खुसीहरुलाई एक झट्कामा झ्वाम पारिदिन्छ ।

यी सबै त मनोवैज्ञानिक तथा सामाजिक असरका कुरा भए । तर यस्तो धोकेबाजीले यस्तो भावनात्मक मात्र होइन प्रत्यक्ष शारीरिक असर पनि पार्ने देखिएको छ । अध्ययन अनुसार पत्नीलाई धोका दिएर परस्त्रीसाग सल्किने पुरुषहरुमा हृदयाघातको जोखिम बढि रहने देखिएको छ ।

इटालीको फ्लोरेन्स विश्विद्यालयका शोधकर्ताहरुका अनुसार आफ्नो श्रीमतीसाग बसेको बेला भन्दा बाह्य महिलासाग बसेको बेला पुरुषहरुमा हृदयाघात हुने र अकाल मृत्यु हुने घटनाहरु बढि हुने गरेका छन् ।

शोधकर्ताहरुका अनुसार श्रीमतीलाई छलेर लुकिछिपी अर्को महिलासाग रोमान्स गर्ने पुरुषलाई हृदयाघातको सम्भावना बढि हुन्छ ।

यसको ठोस कारण त पत्ता लागेको छैन तर शोधकर्ताहरु भने यस्तो अवस्थामा व्यक्तिले बढि भावनात्मक तनाव महसुस गर्ने भएकाले त्यसले सबैभनदा बढि असर मुटुमै गर्ने र सोही कारण हृदयाघातको खतरा बढि हुने बताउाछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment