+
+
Shares

देउवालाई भारतको सन्देशः मधेसीको माग सम्बोधन गर्न पहल लिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते ६:२०

Sher-Bahadur-Deuba-and-Sushma-Swaraj१० वैशाख, काठमाडौं । भारतले मधेसका पुरा हुन बाँकी विषयको समाधानको अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीवार भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले तराई मधेसका समस्या समाधानको अग्रसरता लिन भारतको सन्देश दिएकी आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

श्रीमती आरजुको उपचारका लागि दिल्ली पुगेका देउवाले स्वराजसँग निवासमा करिब ३५ मिनेट भेटवार्ता गरेका थिए ।  भेटमा नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतीय विदेश मन्त्रालयका नेपाल-भुटान डिभिजन हेर्ने सहसचिव अभय ठाकुर पनि सहभागी थिए ।

भेटमा नेपालको समसामयिक विषयबारे सामान्य कुराकानी भएको जानकारी राजदूत उपाध्यायले दिए । भेटमा देउवाले स्वराजले रखेका मधेसका विषयमा कांग्रेसले पहलकदमी लिइरहेको र त्यसका लागि थप लागिपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?