
काठमाडौं । पाकिस्तानसँगको तनाव चर्किंदै जाँदा भारतले पाकिस्तानी विषयवस्तुका वेबसिरिज, फिल्म, गीत र पडकास्ट रोक्न ओटीटी, मिडिया र सेवाप्रदायकलाई निर्देशन दिएको छ ।
भारतको सूचना तथा प्रसारण मन्त्रालयले एड्भाइजरी जारी गर्दै यस्तो निर्देशन दिएको हो । सशुल्क वा निःशुल्क दुवै प्लाटफर्ममा पाकिस्तानसँग सम्बन्धित भिजुअल र अडियो रोक्न निर्देशन दिएको हो ।
‘ सूचना प्रविधि नियम २०२१ अन्तर्गत जारी गरिएको यो एड्भाइजरीले भारतको सार्वभौमसत्ता, सार्वजनिक व्यवस्थ वा विदेशी राज्यहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई खतरामा पार्ने सामग्री विरुद्ध सावधानी अपनाउन जोड दिन्छ’ मन्त्रालयले भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रिय सुरक्षाको हितमा, सबै मिडिया प्लेटफर्महरू, समाचार एजेन्सीहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई रक्षा र अन्य सुरक्षा सम्बन्धी कार्यहरू सम्बन्धी मामिलाहरूमा रिपोर्टिङ गर्दा अत्यधिक जिम्मेवारी प्रयोग गर्न र विद्यमान कानून र नियमहरूको कडाईका साथ पालना गर्न सल्लाह दिइन्छ ।’
प्रतिक्रिया 4