
२७ वैशाख, काठमाडौं । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविरा मगर्न सहमति भएको जनाएका छन् ।
उनले सधैं पाकिस्तान शान्ति र सुरक्षाको लागि प्रयासरत भएको पनि बताएका छन् ।
उनको भनाइ राख्दै बीबीसीले लेखेको छ, ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’
उनले व्यापक मुद्दाहरूमा वार्ता सुरु हुने पनि बताएका छन् ।
‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ । भारत र पाकिस्तान सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएका छन्,’ उनले भनेका छन् ।
साथै, उनले शान्तिको बाटो रोज्ने सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदी र शहबाज शारिफको प्रशंसा पनि गरेका छन् ।
‘हामी प्रधानमन्त्री मोदी र शरीफको बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्छौं,’ उनले भनेका छन् ।
यसअघि केहीबेर अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका थिए ।
ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् ।
‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।
प्रतिक्रिया 4