+
+
Shares

टाइमको म्यागेजिनका सूचीमा प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते १०:५९

priyanka-810

मुम्बई । टाईम म्यागेजिनको एकसय प्रभावशाली ब्यक्तिको सूचीमा बलिउड नायिका प्रियंका चोपडा परेकी छिन् । यस्तै टेनिश खेलाडी सानिया मिर्जालगायत पनि परेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यस वर्ष टाइमको एकसयजनाको सूचीमा परेनन् । गतवर्ष उनले प्रभावशाली ब्यक्ति एकसयको सूचीमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

बलिउडमा चर्चामा रहेकी प्रियंका पछिल्लो समय हलिउड सिरियल ‘क्वन्टाओ’ मा ब्यस्त छिन् । सिरियलमा काम गरिरहेकी प्रियंकालाई हलिउडका अन्य फिल्मवाट पनि प्रस्ताव आउने क्रम जारी छ ।

टेनिश खेलाडी सानियाको सन्दर्भमा टाइमले लेखेको छ ‘उनको विश्वास, क्षमता र जुझारुपनकै कारण आफ्नो करिअर बनाईन् । भारतमै आफ्नो सपना साकार पार्न चाहनेहरुका लागि उनी प्रेरणाको स्रोत हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?