नायक रणबीर कपुरसँग सम्बन्ध बिग्रिएपछि तनाबमा रहेकी नायिका कट्रिना कैफ पछिल्लो समय सिद्धार्थ मल्होत्रासँग मस्तीमा रमाउन थालेकी छिन् । उनीहरुको मस्ती रीलमै सिमित हुने हो वा रीयलमा पनि जम्नेछ, त्यसका लागि भने केहि दिन कुर्नुपर्ने भएको छ ।
करण जौहरको निर्माणमा तयार भएको चलचित्र ‘बार बार देखो’मा कट्रिना र सिद्धार्थले मस्ती गरेका छन् । करणले ट्वीटरवाट तस्बिर सार्वजनिक गरिदिएपछि उनीहरुको रोमान्सको चर्चा भएको हो । तस्बिरमा समुन्द्री किनारमा सिद्धार्थ र कट्रिना मुस्कुराई रहेको देखिन्छ ।
जोहरले ट्वीटरमा लेखेका छन्-‘कट्रिना र सिद्धार्थ अभिनित ‘बार बार देखो’ को पहिलो झलक ।’ नित्य मेहराको निर्देशनमा बनेको यस चलचित्रको निर्माता करण जोहर, रितेश सिद्धवानी र फरहान अख्तर हुन् । चलचित्र सेप्टेम्बर ९ बाट रिलिजमा आउनेछ ।
चलचित्रमा यस्तो एउटा ब्यक्तिको कथा पेश गरिएको छ जसलाई भविष्यमा हुने वाला घटनाको वारेमा पहिल्यै जानकारी हुन्छ । यो एउटा प्रेमकथामा आधारित चलचित्र हो । यसको अधिकांस सुटिङ स्कटल्याण्डमा गरिएको छ ।
प्रतिक्रिया 4