Comments Add Comment

संसद बैठक तत्काल बोलाउँछौंः कानूनमन्त्री खरेल

Agni-Kharel
१० वैशाख, काठमाडौं । कानूनमन्त्री अग्नीप्रसाद खरेलले सरकारले संसद् बैठक बोलाएन भनेर कांग्रेसले वक्तव्यबाजी गरेकोमा असन्तुष्टी जनाएका छन् । उनले सरकार व्यवस्थापिका संसद्को बैठक तत्काल बोलाउने तयारीमा रहेको बताए ।

शुक्रबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कानूनमन्त्री खरेलले संसद्को बैठक बोलाउन छलफल भइरहेको बताए । उनले संविधानमा नै जेठ १५ गते बजेट सार्वजनिक गर्ने उल्लेख भएकाले सरकार त्यस अगावै बैठक बोलाउने तयारीमा लागेको जानकारी दिए ।

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा नै यसअघि संसद् बैठक अन्त्य गरिएको दावी गर्दै कांग्रेसले बैठक नबोलाको भनेर वक्तव्यबाजी गर्नुको कुनै अर्थ नरहेको बताए ।

संविधान कार्यान्वयनका लागि १ सय १० वटा विषयमा संघीय कानून, २२ वटा विषयमा प्रदेश कानून र ६ वटा विषयमा स्थानीय कानून बनाउनुपर्ने पहिचान गरिएको उल्लेख गर्दै  खरेलले तीमध्ये १४ प्रतिशत विषयमा विधेयकको प्रारम्भिक मस्यौदा तथा ४९ प्रतिशत विषयमा अवधारणापत्र तयार पारिसकिएको जानकारी दिए ।

कानून मन्त्रालयले ३४ प्रतिशत विषयमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न सम्बन्धित मन्त्रालयहरुलाई सैद्धान्तिक सहमति दिइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment