+
+
Shares

वैशाख १५ देखि साझा आन्दोलन गर्ने मधेसीसहित २७ दलको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते १८:२३

Madhesi-morcha

१० वैशाख, काठमाडौं । संविधान पुनर्लेखनका लागि दवाव दिन भन्दै मधेसीसहितका २७ दलले नयाँ आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । घोषित कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा कालो झण्डा देखाउनेदेखि सिंहदरबार घेर्नेसम्म छन् ।

संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलन घोषणा गरिएको हो । आन्दोलनकारी दलहरुको समुहलाई ‘संघीय गठवन्धन’ नाम दिइएको छ । आगामी वैशाख १५ बाट सुरु हुने पहिलो चरणको आन्दोलन जेठ १ गतेसम्म चल्नेछ ।

वैशाख १५ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, १७ गते सरकारी कार्यालयहरुमा कालो झण्डा देखाउने, १९ गते मुख्य सहरहरुमा जनप्रदर्शनसहित मजदुर दिवस मनाउने गठवन्धनको आन्दोलन कार्यक्रममा उल्लेख छ । वैशाख २१ देखि ३१ सम्म देशका विभिन्न स्थानमा विरोध सभाहरु राखिएको छ । अन्तिम दिन जेठ १ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरिएको छ । देशभर आयोजना गरिने विरोध कार्यक्रमहरुमा ‘जेठ १ गते काठमाडौं जाउँ सिंहदरबार घेरौं’ को नारालाई अभियानका रुपमा लैजाने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव छन् । यसैगरी राष्टिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत् सिंह भण्डारी, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधर, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, नेपाः राष्ट्रिय पार्टीका महासचिव विजय सैंजु, थारुवान संयुक्त संघर्ष समितिका अध्यक्ष होरीलाल चौधरी लगायत छन् ।

पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको आन्दोलनमा सरकार र तीन दलको प्रतिक्रिया हेरेर बाँकी कार्यक्रम तय गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?