Comments Add Comment

मालिकसँगको अवैध सम्बन्धका कारण युवतीले गरिन् आत्महत्या

१० वैशाख, धनगढी । विवाह गर्ने प्रलोभन देखाई राखिएको अवैध शारीरिक सम्बन्धपछि रहेको गर्भका कारण नै यहाँ एक युवतीले आत्महत्या गर्नुपरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

suicideस्थानीय आसिस मोबाइल ग्यालरी पसलमा काम गर्दै आएकी २५ वर्षीया मेनकाकुमारी चौधरीले वैशाख २ गते बिहान मोबाइल पसलमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा पसल सञ्चालक धनगढीका तोहित सिद्दकीले विवाह गर्ने प्रलोभन दिई गरेको अवैध शारीरिक सम्बन्धपछि रहेको गर्भलाई पतन गराउन औषधि खान लगाएका कारण मेनकाले आत्महत्या गरेको पाइएको छ ।

कैलालीको उदासीपुर गाविस घर भई हाल धनगढीमा बस्दै आएकी मेनका विगत चार वर्षदेखि उक्त मोबाइल पसलमा काम गर्दै आएकी थिइन् ।

घटनापछि मृतका दाजु परदेशीराम चौधरीले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अनुसन्धानका क्रममा मृतकले प्रयोग गरेको मोबाइलका साथै डेरामा रहेको कापीको खानतलासी गर्दा आत्महत्याको कारण लेखिएको बताए ,

मृतकको डेरामा धर्म परिवर्तन गराउन सिकाइने कापीसमेत फेला परेको बताइएको छ । प्रहरीले सिद्दकीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment