Comments Add Comment

एपीएफ समूह विजेता, पुलिसले आर्मी प्रतिद्वन्द्वी पायो

APF

१० वैशाख, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब महिला राष्ट्रिय फुटबलमा समूह विजेता बनेको छ ।

यसअघि नै सुपर लिगमा पुगेको एपीएफ र आर्मीले समूह चरणको अन्तिम खेलमा १-१ को बराबरी खेले ।

आर्मीले २३ औं मिनेटमा दिपा राईको गोलबाट अग्रता लिएको थियो । तर, एपीएफकी सावित्रा भण्डारीले ७७ औैं मिनेटमा बराबरी गोल फर्काइन् ।

बराबरीपछि एपीएफ र आर्मीको समान ७-७ अंक भएको छ । तर, गोल अन्तरका आधारमा एपीएफ समूह विजेता बनेको छ ।

सुपर लिगमा सोमबार पुलिसले आर्मीसँग खेल्नेछ । एपीएफले भने पूर्वाञ्चलसँग मंगलबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment