Comments Add Comment

मदिराका होर्डिङ बोर्ड पूर्णरुपमा हटाइने

hard drinks११ वैशाख, जिरी। दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीलाई व्यवस्थित बनाउन बजार क्षेत्रमा राखिएको सबै ठूला होर्डिङ बोर्ड हटाइने भएको छ ।

इलाका प्रहरी कार्यालय जिरीले आयोजना गरेको एक कार्यक्रममा प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरी बजार अव्यवस्थित बन्दै गएकाले विज्ञापनका लागि राखिएका सबै होर्डिङ बोर्ड हटाइन लागेको बताए ।

इलाका प्रहरी कार्यालय जिरीको प्रमुखका रुपमा आउनुभएका प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरीमा आफू आएदेखि पहिलो समस्याका रुपमा मदिरा देखिएको र यो समस्यालाई काबुमा राख्न सर्वसाधारणको समेत सहयोग आवश्यक पर्ने बताए ।

मदिरा समस्या समाधानका लागि पहिलो चरणमा मदिराका होर्डिङ बोर्ड हटाइने र यस सम्बन्धमा चेतनामूलक कार्यक्रम गरिने उनको भनाइ थियो ।

मदिरासँगै जिरीमा केही युवाले लागुपदार्थको समेत सेवन गर्ने गरेका पाइएकाले यसलाई पूर्णरुपमा निस्तेज पार्न पनि प्रहरी प्रशासन लागिपर्ने उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment