Comments Add Comment

सोनिश अवालेलाई सेनाले निःशुल्क पढाउने

Sonish-Nepali-sena

१२ वैशाख, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पमा भत्किएको घरको भग्नावशेषबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरिएका भक्तपुर सोनिश अवालेलाई नेपाली सेनाले निःशुल्क पढाउने भएको छ ।

भूकम्प गएको एक बर्ष पुगेकै दिन सेनाले सोनिशलाई पढाउने घोषणा गरेको हो । सोनिशको परिवारले अझैसम्म सरकारी राहत पाएका छैनन् । अनलाइनखबरसँग कुरा गर्दै सोनिशकी आमा रश्मिलाले छोराछोरीलाई कसरी बढाउने चिन्ता व्यक्त गरेकी थिइन् ।

[sam_list] अब सोनिशको पढाइमा सेनाले साथ दिने भएको छ । सैनिक मुख्यालयमा आइतबार भएको कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोनिशलाई सैनिक विद्यालयमा निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सोनिस अहिले १६ महिनाका भएका छन् । सोनिशलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा ६ देखि स्नातक तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाइनेछ ।

त्यसअघि ५ कक्षासम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराइने तर, उनको शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा सेनाले नै उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment