Comments Add Comment

राष्ट्रपतिद्वारा भूकम्पपीडितको घर र भूकम्प स्मृति उद्यान शिलान्यास

१२ वैशाख, गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष वैशाख १२ को ‘गोरखा भूकम्प’ को केन्द्रविन्दु बारपाक पुगेर भूकम्पस्मृति उद्यानको आज शिलान्यास गरेकी छन् ।

Barpak-gorkha
भूकम्पले क्षतिग्रस्त बारपाक । फाइल तस्वीर

उनले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको पनि शिलान्यास गरिन् ।

बारपाक वडा नं ४ र ५ को केही भाग समेटेर भूकम्पस्मृति उद्यान निर्माण गर्न लागिएको छ । यसअघि जिविसले बोटबिरुवा हुर्काएर उद्यान बनाएका ठाउँमा मृतकको सम्झना गर्दै भूकम्पस्मृति स्मृति बनाउने तयारी गरिएको हो ।

यस्तै राष्ट्रपति भण्डारीले एक भूकम्पपीडितको घरको शिलान्यास गर्दै गोरखा पुनःनिर्माणको शुभारम्भ पनि गरिन् । बारपाक–४ का गोपाल विकको घर शिलान्यास गरेपछि राष्ट्रपति भण्डारीले अनुदान पाउने लाभग्राहीको नामावली (सूची) सार्वजनिक गरिन् । उनी बारपाक–४ स्थित हिमालय उमाविको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी पनि भइन् ।

राष्ट्रपति भण्डारी ४५ मिनेट बारपाक गाउँ बसेर लाप्राकतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए ।

लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले सघाउने बताउँदै आएको छ । एनआरएनलाई लाप्राक पुनःनिर्माणको स्वीकृति दिने सम्झौताका लागि राष्ट्रपति सहित पुनःनिर्माण राष्ट्रिय प्राधिकरणका कर्मचारी पनि लाप्राक पुगेको बारपाक–४ का तेजबहादुर घलेले टेलिफोनमा जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment