Comments Add Comment

बेलायतमा अर्बपति घटे, मित्तल परिवारले २ अर्ब पाउण्ड गुमायो

lakshmi_mittal_owner_of_arcelormittal_ap_nocredit

१२ वैशाख, काठमाडौं । युरोपको सबैभन्दा ठूलो स्टील कम्पनीको मालिक मित्तल परिवारको सम्पत्ति पछिल्लो वर्ष २ अर्ब पाउण्ड भन्दा बढी कम भएको छ ।

बेलायती पत्रिका सन्डे टाइम्सले अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । आर्सेलर मित्तलका मालिक लक्ष्मी मित्तल २००८ मा २७.७ अर्ब पाउण्ड सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा थिए । तर, अब उनको सम्पत्ति ७.१२ अर्ब पाउण्ड छ र उनी बेलायती अर्बपतिको सूचीमा ११ औं स्थानमा छन् ।

सूची अनुसार वित्तीय संकटपछि बेलायतमा पहिलो पटक अर्बपतिहरु घटेका छन् । गत वर्ष ८० अर्बपति रहेकोमा यो पटक घटेर ७७ मा आइपुगेको छ ।

बेलायतका सबैभन्दा धनी व्यक्तिहरुको १००० सूचीमा भने यो पटक कीर्तिमानी १२५ महिला छन् ।

यो सूचीको शीर्ष स्थानमा प्रोपर्टी कारोबारी रियूबेन भाइ छन्, जो लन्डनको मिलबैंक टावर भवन र जन लुई हेडक्वाटर्सको मालिक हुनर र, उनको सम्पत्ति १३.१ अर्ब पाउण्ड छ ।

यो सूचीमा फर्मूला वान च्याम्पियन लुई हृयामिल्टन (१०.६ करोड पाउण्ड) र फुटबलर वायन रुनी (८.२ करोड पाउण्ड) पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment