Comments Add Comment

ग्रान्डी अस्पतालमा नयाँ वर्ष विशेष हेल्थ प्याकेजको अवधि थप

नयाँ वर्ष २०७३ को उपलक्ष्यमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले ल्याएको विभिन्न आकर्षक हेल्थ प्याकेजहरुको अवधि थप भएको छ । उपभोक्ताहरूको विशेष अनुरोधमा वैशाख ३१ गतेसम्मका लागि हेल्थ प्याकेजको अवधि थप गरिएको अस्पतालले जनाएको छ ।

प्याकेज अन्तर्गत मात्र २०७३ रुपैयाँमा कार्डियाक प्याकेज, अर्थोपेडिक प्याकेज, गाइनेकोलोजी प्याकेज, डर्माटोलोजी प्याकेज र डायबेटिज प्याकेज मध्ये आफ्नो रोजाइको कुनै एउटा प्याकेज गराउन सकिनेछ ।

Grandeकार्डियाक प्याकेजमा इसिजी, एको, सिबिसी, ब्लड सुगर फास्टिङ, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल, युरिक एसिड र कार्डियाक कन्शल्टेसन समाबेश गरिएको छ । अर्थोपेडिक प्याकेजमाः अर्थोपेडिक कन्शल्टेसन, बि एम डि (बोन मिनरल डेन्सिटी) हाडको बलियोपन जाँच गर्ने र सि बि सी (कम्प्लीट ब्लड काउन्ट) रगत सम्वन्धि जाँच समावेश गरिएको छ ।

गाइनेकोलोजी प्याकेजमा गाइनोकोलोजी कन्शल्टेसन, म्यामोग्राफी र प्याप स्मियर टेस्ट समाबेश गरिएको छ । डर्माटोलोजी प्याकेजमाः डर्माटोलोजी कन्शल्टेसन र लेजर सफ्ट पिल समावेश गरिएको छ ।

 डायबेटिज प्याकेजमाः इन्डोक्राइनोलोजि कन्शल्टेसन, डायटिशियन कन्शल्टेशन,  ब्लड सुगर फास्टिङ, ब्लड सुगर पिपि, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल र युरिक एसिड समावेश गरिएको छ ।

उच्चरक्तचाप, मुटुरोग, हाडजोर्नी सम्बन्धि समस्याहरु, मधुमेह, स्त्री तथा प्रसुति रोग लगायतका समस्याहरु बढ्दै गएको अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यप्रति जागरुक बनाउन र रोगहरुको समयमै निदान गरी भविष्यमा आउनसक्ने जटिल अवस्था रोकथाम गर्न प्याकेज ल्याइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment