Comments Add Comment

अष्ट्रेलियामा ‘सपनाको छायाँ’

Laxman Gurungआर्थिक अभावका कारण लुकेको कला भुटानीमा पुनर्वासपछि विस्तारै देखिन थालेको छ ।

विदेश पुगेपछि गीत संगीतका पारखीहरुको संख्या विस्तारै बढ्दैछ र यो क्षेत्रमा लाग्नेको समूह निकै ठूलो बनेको छ । गत शनिवार यो पदचाप पछ्याउनेमा एक नवयुवा प्रवेश गरेका छन् – लक्ष्मण गुरुङ एक्लो उदासी।

गुरुङको पहिलो सांगीतिक एलबम दक्षिण अष्ट्रेलियाको सल्स्ब्रीमा आयोजित विशेष समारोहविच विमोचन गरियो ।

अष्ट्रेलियामा बस्ने भुटानीहरुबाट निस्केको यो पहिलो गजल एल्बम हो भने दोस्रो सांगीतिक एलबम हो । यो सपनाको छाँयाू एलबममा समेटिएका सबै गलज नेपालीभाषी भुटानी सर्जकका सृजना हुन भने संगीत गुरुङ आफैले दिएका छन् ।

विमोचन समारोहमा गुरुङले आफ्नै एलबमका दुई गीत प्रस्तुत गरे भने नेपाली, अफगानी र अन्य भुटानी कलाकारले समेत आफ्नो सांगीतिक कला पस्केका थिए । सोही कार्यक्रममा गुरुङको एलबमकै एक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रम हलमा देखिएको खचाखचले नै भुटानीहरुको संगीतमोह देखाएको थियो । भीडले समुदायमा गुरुङको लोकप्रियता झल्काएको थियो ।

कार्यक्रममा बोल्दै भुटानीज अष्ट्रेलियन एसोसिएसन अफ साउत अष्ट्रेलियाका पूर्व अध्यक्ष जोगेन गजमेरले उदाउदा संगीत साधकलाई हामी सबैले सबै प्रकारको सहयोग र हौसला दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment