
१३ चैत, काठमाडौं । दोलखामा मिस्त्री काम गर्ने जाजरकोट छेडागाड नगरपालिका-५ बडावनका २७ वर्षीय लालबहादुर चदारा ८ महिनादेखि बेपत्ता भएका छन् ।
भूकम्पपीडितको घर निर्माणको काम गर्न दोलखा गएका उनी त्यहाँबाट साउन १२ गते घर जान्छु भनी हिँडेका थिए । तर, त्यो दिनदेखि नै उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
दोलखाको साविकको सहरे गाबिसमा पर्ने स्थानीय बजारबाट काम गर्न थालेको ३ दिनमै ज्यालामा चित्त नबुझेको भन्दै भान्जा पर्ने हर्कबहादुरबाट २१ सय गाडी भाडा लिएर लालबहादुर घर हिँडेका थिए ।
लालबहादुरसँग मोवाइल पनि नभएकोले हिँडेको दिनदेखि नै सम्पर्क हुन नसकेको उनका भतिजा मानबहादुर चदराले बताए ।
केही दिनसम्म मजदुरीका लागि भारत गएको हुनसक्ने भनी खोजी नगरेको तर लामो समयसम्म सम्पर्कमा नआएपछि खोजी गरेको मानबहादुरले बताए । छेडागाड इलाका प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएपनि कतै नभेटिएको उनले बताए ।
लालबहादुरलाई कसैले देखेमा मोवाइल नम्बर ९८६४६९४५४०, ९८६९५१७२६६ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4