Comments Add Comment

माया पिरतीमा किन यस्तो हुन्छ ?

तपाईं प्रेममा पर्नुभएको छ ? कसैलाई औधी मनपराउनुहुन्छ ? यदि त्यसो हो भने, तपाईंले अनुभूत गरेकै हुनुपर्छ कि प्रेममा परेपछि मनमा बेग्लै उथलपुथल आउँछ ।

जब तपाईं आफ्ना प्रेमी/प्रेमिकाको नजिकमा पुग्नुहुन्छ, तपाईंको धड्कन बढ्न थाल्छ । तपाईर्को अनुहारको भाव बद्लिन्छ । प्रेम एक भावनात्मक कुरा हो । तर, यसको प्रभाव शरीरमा देखिन्छ ।

प्रेम भाव र शरीरको भाषा

प्रेम गरिदैन, यो आफै हुन्छ । अर्थात प्रेम एक भावनात्मक रुपमा प्रकट हुने कुरा हो, जो स्वतस्र्फूत हुन्छ । प्रेम भावनाको कुरा हो । मनको कुरा हो । तर, मनभित्र प्रेम अंकुराएको कुरा शरीरले व्यक्त गर्छ ।

भनिन्छ, मनमा प्रकट हुने प्रेम-भाव शरीरले दर्शाउँछ । अतः शरीरमा देखिने यस्ता संकेतलाई लुकाउन सकिदैन । त्यही कारण दोस्रो व्यक्तिले सहजै अनुमान गर्न सक्छ कि, तपाईंको मनभित्र उथलपुथल हुँदैछ ।

अमेरिकाको चर्चित एन्थ्रोपोलोजिस्ट तथा ह्यूमन विहेवियर रिर्सचर हेलेन फिशरले रुटगर्स विश्वविद्यालयसँग मिलेर यस विषयमा अनुसन्धान गरेकी थिइन् ।

उनलाई विश्वास गर्ने हो भने माया, प्रेममा न्यूरोलोजिक स्थिती उत्पन्न हुन्छ र यसको तीन चरण हुन्छ । र, प्रेमको प्रत्येक चरणको लागि अलग अलग किसिकामा हर्मोन्स तथा केमिकल्स उत्तरदायी हुन्छन् ।

प्रेममा संसारै रमाइलो

प्रेमको सबैभन्दा धेरै असर दिमागमा पर्छ । प्रेममा रहेका व्यक्तिलाई पूरा संसारै राम्रो लाग्छ । उनीहरु जहिले पनि सकारात्मक सोच्ने गर्छन् । एक शोधले जनाए अनुसार प्रेमकै कारण प्रेमको भाव अलग अलग क्षेत्र प्रभावित हुन्छ । यो एक सकारात्मक भावना हो, जसले मस्तिष्कलाई उर्जावान् बनाइदिन्छ ।

प्रेम भएमा मुटु अरुको अधिनमा रहन्छ र प्रेममा पर्ने व्यक्तिको मुटुको धड्कन पनि अस्वभाविक रुपमा बढ्ने गर्छ । प्रेमको मार्गमा अघि बढ्ने क्रममा व्यक्तिको तनावको स्तर पनि सकि्रय रहन्छ । यसकै कारण रगतमा एड्रनेलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्ने गर्छ । यो स्थितिमा व्यक्तिमा अलग किसिमको बेचैनी बढ्न थाल्छ । मानिसको मुटुको धडकन बढ्न थाल्छ ।

प्रेमः एक बेचैनी पनि

प्रेममा पर्ने व्यक्तिहरुको रातको निद्रा पनि गायब हुन थाल्छ । लाख कोशिशका बाबजुद उनीहरुलाई पटक्कै निद्रा लाग्दैन । र, अनिद्राको समस्या निम्तिन्छ । उनीहरु रातभर आˆनो प्रेमी वा प्रेमिकाको बारेमा सम्झेरै रात गुजारिदिन्छन् । अनुसन्धानहरुलाई हेर्ने भने डापामाइनको कारण अनिद्राको समस्या हुन्छ । यसकै कारण मानिस आˆनो सम्बन्धको बारेमा सोचेरै मात्र पनि खुशी हुन्छ ।

प्रेममा तनाव हुनु पनि स्वभाविक हो । किनकी प्रेमकै कारण मानिसको रातको निद्रा र दिनको चेन हराउने गर्छ । तर शोधहरुलाई आधार मान्ने हो भने रगतमा एड्रेनलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्नाले तनावको समस्या उत्पन्न हुने गर्छ । यो अवस्थामा व्यक्तिलाई बेग्लै किसिमको बेचैनी हुन्छ । जसका कारण मानिस दिनरात तनावमा रहने गर्छ ।

प्रेममा एकोहोरिन्छ मन

जब मानिस प्रेममा रहन्छ, तब उसले न केही देख्छ , न त कुनै कुरा सुन्न नै सक्छ । बरु ऊ दिनरात आफ्नो पार्टनरको बारेमा मात्र सोच्छ । र, अरु सबै कुरा बिर्सन्छ । जबकी शोधलाई आधार  मान्ने हो भने यो समयमा दिमागमा डोपामाइन न्यूरोट्रान्समिटरको स्तर बढ्दछ , जसले गर्दा मान्छेलाई विर्सने रोग लाग्छ ।

प्रेमले मान्छेलाई ईष्यालु बनाइदिन्छ । त्यसैले त, तपाईको पार्टनरले अरुसित कुरा गर्दा तपाईं सहन गर्न सक्नुहुन्न र मनमा ईष्याको भावना पैदा हुन्छ । हालैमा फ्लोरिडामा भएको एक शोधले जनाए अनुसार प्रेमकै कारण मानिस प्रोएक्टिभ हुन्छ, जसले गर्दा आˆनो पार्टनरलाई अरुका साथ देख्दामात्र पनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन ।

प्रेममा सबै राम्रो

प्रेमको पीडा पनि मिठो मिठो लाग्ने गर्छ । उसलाई पूरै संसार नै मिठो र मायालु पाराको लाग्ने गर्छ । अमेरिकन फिजियोलोजिकल एसोशिएनद्वारा गरिएको एक शोधले जनाए अनुसार प्रेममा रहेका व्यक्तिलाई खराब स्वादको खानेकुरा दिएमा पनि मिठै लाग्ने गर्छ ।

प्रेममा रहेका व्यक्तिको हड्डी पनि मजबुत रहन्छ । अमेरिकामा भएको एक शोधले जनाए अनुसार प्रेममा रहने व्यक्तिलाई हेरचाह गर्ने मानिस साथमै रहेको हुन्छ जसले गर्दा खानपान राम्रो भएर हड्डी मजबुत हुने गर्छ ।

प्रेममा परेका व्यक्तिको इच्छाशक्ति पनि बेजोडको हुन्छ । त्यसैले, त प्रेमिल जोडी संसारसित लड्न समेत तयार हुन्छ ।

इभोल्यूशन साइकोलोजीमा प्रकाशित एक शोधका अनुसार प्रेम भएमा मानिस आफ्नो प्रेमलाई हासिल गर्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्छ ।

यो समयमा मानिसको मन काममा भन्दा आफ्नो पार्टनरतर्फ धेरै लाग्ने गर्छ । जसले गर्दा जिन्दगीको अन्य सामान्य काम प्रभावित हुन थाल्छ । मोटिभेसन एण्ड इमोशन नामक पत्रिकामा छापिएको एक लेखका अनुसार प्रेमले मानिसलाई विचलित बनाई कामलाई प्रभावित पार्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment