Comments Add Comment

कहाँका मनमोहन, कहाँका केपी ओली !

ओलीले भोजमा ३ करोड सिध्याए, मनमोहनले गाविसलाई ३ लाख दिए

manmohan-vs-kp१३ वैशाख, काठमाडौं । आज मनमोहन स्मृति दिवस । एमालेले आज आफ्ना दिवंगत नेताको १७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

स्व.मनमोहन अधिकारी नेपालका पुराना वामपन्थी नेता एवं एमालेका अध्यक्ष थिए । उनले पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा ९ महिनासम्म अल्पमतको सरकारको नेतृत्व गरेका थिए । उनको सरकारको लोकपि्रयता अहिले पनि एमालेका नेताहरुले स्मरण गर्ने गर्दछन् ।

विसं. ०५१ को मध्यावधि निर्वाचनपछि ठूलो दल बनेको एमालेले ९ महिना सरकारको नेतृत्व गरेको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको निधन १६ वैशाख ०५६ मा भएको थियो ।

पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा सत्ता सम्हालेका मनमोहन अधिकारीको सरकारलाई अहिले सम्मको सफल सरकारको रुपमा लिने गरिएको छ ।

आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम अन्तरगत गाविसलाई ३ लाख रुपैयाँ दिने घोषणा यो सरकारले गरेको थियो । पछि त्यसलाई बढाएर ५ लाख बनाइयो । सरकारको यो नीतिपछि ग्रामीण विकासमा निकै ठूलो लहर आयो ।

त्यसैगरी वृद्धहरुलाई भत्ता दिने नीति पनि मनमोहनलाई सम्झिइराख्ने अर्को काम हो । अहिले पनि ज्येष्ठ नागरिकहरुले भत्ता दिने बेलामा मनमोहनलाई सम्झने गरेका छन् ।

वि.सं.०४६ को जनआन्दोलनताका नेकपा मारक्सवादीका अध्यक्ष रहेका अधिकारी ०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेका संस्थापक अध्यक्ष बनेका थिए ।

उनी ०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए ।

उनको सरकार बनेको ९ महिनापछि नेपाली कांग्रेसले उनी अस्पतालको शैयामै भएको समयमा अविश्वासको प्रस्ताव ल्याएको थियो । लोकप्रिय सरकारको रुपमा स्थापित उनको सरकारको ९ महिने सरकारलाई अहिलेसम्मको सफल सरकारको रुपमा लिने गरिएको छ ।

कहाँका मनमोहन, कहाँका केपी ओली !

मनमोहनको नेतृत्वमा बनेको सानो मन्त्री मन्त्रिमण्डलमा गृहमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका केपी ओली अहिले एमालेको अध्यक्ष एवं प्रधानमन्त्री छन् ।

पुरस्कार बाँडेजसरी एकसीटे दललाई समेत मन्त्री बाँडेर जम्बो सरकार चलाइरहेका ओलीले आफ्ना कार्यकर्ता र आसेपासेलाई भोजभतेर खुवाउनमै बालुवाटारमा तीन करोड रुपैयाँ सिध्याएका छन् ।

यद्यपि आज विहानैदेखि प्रधानमन्त्री ओली मनमोहनको सम्झनामा आयोजित कार्यक्रमहरुमा व्यस्त छन् ।

बिहान सानेपामा आयोजित कार्यक्रममा सहभागिता जनाएपछि दिउँसो १२ः३० बजे प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी भएर प्रधानमन्त्रीले मनमोहन अधिकारीलाई सम्झनेछन् ।

सोमबार विहान मनमोहन प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ०५१ सालमा मनमोहन नेतृत्वको सरकार  ‘नमूना सरकार’ भएको बताए । साथै उनले मनमोहन अधिकारीबाट एमाले नेताहरुले सिक्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

एमालेको साख : ती मनमोहन ! यी केपी ओली !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment