Comments Add Comment

उच्च रक्तचापबाट छुटकारा पाउने दर्जन उपाय

blood-pressureउच्च रक्तचाप निकै जटिल स्वास्थ्य समस्या हो । किनकी यसले हृदयाघात तथा मृगौला फेल हुने जस्ता समस्या पनि निम्त्याउँछ ।

रक्तचाप नियन्त्रणका लागि विभिन्न खाले औषधिहरुको प्रयोग समेत गर्ने गरिन्छ । तर यसलाई केही साइड इफेक्ट हुन्छन्:  जस्तै खुट्टा बाउँडिने, आँखा तिरमिराउने आदि । तर औषधिको सेवन नगरीकनै रक्तचाप सन्तुलित गराउन सकिन्छ । रक्तचाप नियन्त्रणका प्राकृतिक उपाय निम्न छन् :

पर्याप्त हिँडडुल गर्नुहोस् । हिँडडुल तथा हल्का व्यायामले मुटुलाई अक्सीजनको उच्चतम उपयोग गर्न सहयोग गर्छ । यसो गर्दा मुटुलाई बढि रगत पम्प गर्नु पर्दैन र ब्लड प्रेसर उच्च हुने जोखिम कम हुन्छ ।

लामो तथा विस्तारै स्वास फेर्ने तथा योगा गर्ने गर्नुहोस् । यसो गर्दा स्ट्रेस हर्मोनको उत्पादन कम हुन्छ । यसले मृगौलाले उत्पादन गर्ने रेनिन इन्जाइमको उत्सर्जन पनि कम हुन्छ ।

रेनिन इन्जाइमको उत्पादन धेरै भयो भने रक्तचाप बढ्छ । बिहान र बेलुकी कम्तीमा पनि ५-५ मिनेट लामो स्वास लिने तथा फ्याँक्ने अभ्यास गर्नुहोस् । योगा तथा ध्यानलाई पनि जिवनको अभिन्न अंग बनाउनुहोस् ।

आलु तथा पोटासियम युक्त फलफूलको सेवन प्रसस्त गर्नुहोस् ।

नुनको सेवन घटाउनुहोस् । अर्थात् बढि नुन नखानुहोस् ।

चकलेट खानुहोस् । उच्च गुणस्तरयुक्त चकलेटहरुमा फ्लाभिनोल भन्ने तत्व पाइने भएकाले यसले रक्तनलीलाई फराकिलो बनाउँछ र रक्तचाप सन्तुलिन बनाउन सहयोग गर्छ ।

अल्कोहलको सेवन कम गर्नुहोस् । अल्कोहलको सेवन बढि गर्ने मानिसमा उच्च रक्तचापको जोखिम बढि हुन्छ ।

कफीको सेवन पनि कम गर्नुहोस् । कफीमा पाइने केफाइन तत्वले रक्तचाप बढाउन सहयोग गर्छ ।

चिया पिउनुहोस् । गि्रन टी ले अझ रक्तचाप घटाउन ठूलो सहयोग गर्छ ।

काममा बढि व्यस्त नबन्नुहोस् । काममा बढि व्यस्त हुँदा तनाव बढ्ने तथा रक्तचाप उच्च हुने जोखिम हुन्छ । त्यसैले समयतालिका बनाएर काम गर्नुहोस् र फुर्सदको समय निकालेर रमाइलो गर्नुहोस् ।

मनपर्ने गीत संगीत सुन्नुहोस् । संगीत सुन्दा रक्तचाप कम हुने इटालीमा भएको एक अध्ययनले देखाएको छ ।

सुतेको बेला घुर्ने बानी छ ? यदि छ भने विचार गर्नुहोस् । तपाइँमा उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले जँचाइहाल्नुहोस् ।

बोसोयुक्त खाद्यपदार्थको बढि सेवन नगर्नुहोस् । त्यसको साटो रेशादार खाद्यपदार्थ तथा सागपातको पर्याप्त सेवन गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment