Comments Add Comment

ठगी आरोपमा पक्राउ परेका नयाँ शक्तिका नेता निलम्बित

Ashok-kumar-Thapa१३ वैशाख, काठमाडौं । ठगी आरोपमा प्रहरीको हिरासतमा रहेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य अशोककुमार थापा पार्टीबाट निलम्बित भएका छन् ।

आफ्ना नेता ठगी जस्तो गम्भीर आरोपमा पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउँदै नयाँ शक्तिका प्रवक्ता खिमलाल देभकोटाले जारी गरेको बिज्ञप्तिमा पार्टीको अन्तरिम बिधान अनुसार नै आरोपी थापा स्वतः निलम्बित भएको उल्लेख छ ।

अदालतले दोषी ठहर गरेको अवस्थामा पार्टी सदस्यता स्वतः खारेज हुने पनि नयाँ शक्तिको बिज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार, ठगी जस्ता गम्भीर अपराधको आरोपमा स्वतन्त्र र निश्पक्ष छानविन गरी सत्य तथ्य उजागर गर्न नयाँ शक्तिले सहयोग गर्ने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बेलायतमा खुलेको ५ लाख पाउण्डको चिठ्ठा परेको भन्दै पोखराकी एक महिलासँग ७ लाख २५ हजार रुपैयाँ ठगी गरी फरार रहेको उजुरीको आधारमा प्रहरीको पूर्व माअेावादी लडाकु समेत रहेका थापालाई गत शुक्रबार पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment