Comments Add Comment

६ अफ्रिकी मुलुक मलेरियामुक्त हुने

१३ वैशाख, जेनेभा । अफ्रिकाका छ वटा मुलुक आगामी सन् २०२० सम्ममा मलेरिया मुक्त हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Malariaविश्व स्वास्थ्य संगठनले हालै गरेको सर्वेक्षणमा सो अवस्था देखिएको उक्त संगठनले जानकारी दिएको हो ।

मलेरियाको निकै ठूलो प्रकोप रहेका ती देशमा यसको निराकरणका लागि कैयौँ प्रयास भएका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०१६ देखि २०३० सम्ममा विश्वका कम्तीमा पनि १० देशमा मलेरिया उन्मूलनको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

त्यस कार्यक्रममा अफ्रिकी देशहरु पनि परेका छन् । साथै विश्वका कम्तीमा पनि २१ देश पनि यस्तो कार्यक्रम घोषणाको लगभग अन्तिम तयारीमा छन् ।

यी छ देशमा अल्जेरिया, बोत्सवाना, केप भर्दा, कोमोरस, दक्षिण अफ्रिका र स्वाजिल्याण्ड रहेका छन् ।

अफ्रिकामा पनि यी छ वटा देशमा मलेरियाको निकै ठूलो प्रकोप रहेको थियो । सो प्रकोपका कारण पनि उक्त क्षेत्रमा उक्त संगठनले रोग नियन्त्रणको अन्तिम तयारी गरिरहेको जनाएको हो ।

दक्षिण अफ्रिकामा मात्र गत वर्ष करिब १२ हजार मलेरियाका रोगीको सङ्ख्या दर्ता भएको थियो ।

यो सङ्ख्या बिगतका वर्षहरुको तुलनामा घटेको हो । सन् २००० मा सो सङ्ख्या कम्तीमा पनि ६४ हजार रहेको थियो ।

विश्व स्वास्थ्य संगठनले हालैमात्र प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनमा भनेको छ– ती अफ्रिकी देशहरुको सीमामा भएको समन्वयात्मक कामका कारणले गर्दा आगामी चार वर्षमा मलेरियाको उन्मूलनको घोषणा गर्न सक्ने अवस्था बनेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment