Comments Add Comment

पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगामा गाभियो, संयुक्त कारोबार सुरु

mega-Bank-Merge
१३ बैशाख, काठमाडौं। रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग औपचारिक रुपमा गाभिएको छ ।

सोमबार बुटवलमा भएको मर्जर कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगामा गाभेर सोमबारदेखि संयुक्त कारोबार सुरु गरेको जानकारी दिए ।

मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष शाहले बताए । उनकाअनुसार, मेगा बैंकको शेयरको मूल्य प्रतिकित्ता १ सय ४ रुपैंया २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैंयामा आदानप्रदान -स्वाप) गर्ने निर्धारण भएको छ । मेगा बैंकको यो पहिलो मर्जर हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए । उनले आगामी दिनमा मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंका अध्यक्ष शाहले बैंकलाई प्रादेशिक संरचनामा लैजान लागिएको जानकारी दिँदै सबै प्रदेशमा ‘प्रादेशिक केन्द्र’को स्थापना गरिने बताए ।

बैंकको पहुँचभित्र पर्न नसकेका उद्योगी, व्यवसायी, कृषि, पर्यटन सबै क्षेत्रमा पहुँच पुराउने गरी बुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना गरिएको उनले बताए ।

मेगा बैंकका प्मुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले यो मर्जरले अन्य बैंकसँग पनि मर्जरका लागि ढोका खुलेको बताए ।

पश्चिमाञ्चलका १४ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ४४ वटा पुगेका छन् । यसअघि मेगा बैंकको शाखा कार्यालय नभएका पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङजा लगायतका जिल्लामा पनि मेगा बैंक विस्तार भएको छ ।

कतिपय शाखालाई बजारको अध्ययन गरी पुनः स्थानान्तरण गरिने सिइओ शाहले जानकारी दिए । मर्जरपछि मेगा बैंकको चुक्ता पुँजीे ३ अर्ब २४ करोड, निक्षेप ३१ अर्ब, कर्जा २५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

अब मेगा बैंकको देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १३ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment