+
+
Shares

एमाले विशेष अधिकार सहितको कर्णालीको पक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १४ गते ११:५७

१४ वैशाख, कालीकोट । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो दल विशेष अधिकार सहितको कर्णाली प्रदेशको पक्षमा रहेको बताएका छन् ।

Ishor Pokhrelएमाले कालीकोटको नवौँ जिल्ला अधिवेशनको  उद्घाटन गर्दै महासचिव पोखरेलले  कर्णालीको विकास र समृद्धिका निम्ति राज्यबाट फरक खालको योजना बनाउन जरुरी रहेकाे बताए ।

कार्यक्रममा युवा नेत्री रामकुमारी झांँक्री सहितका नेताहरुले अधिवेशनको शुभकामना दिएका थिए ।

पार्टी जिल्ला अध्यक्षका लागि नेसनल शाही, धीरबहादुर विष्ट, तुलाराज सिंखडा, विश्वराज बम र भरतराज धिताल आकाङ्क्षी छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?