Comments Add Comment

आईसीसीको कदम नयाँ सुरुवातः पारस खड्का

paras khadka

१४ वैशाख, काठमाडौं । नेपाली क्रिकेटका कप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने आईसीसीको कदमप्रति अपेक्षाकृत नरम देखिएका छन् । उनले यसलाई ‘नयाँ सुरुवात’ को संज्ञा दिए ।

यूएईको दुबईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बोर्ड बैठकले सोमबार नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

अनलाइनखबरसँग कुरा गर्दै कप्तान पारसले क्रिकेट संघ निलम्बन हुनु दुःखद भए पनि यसलाई अवसरका रुपमा लिनु पर्ने बताए । ‘हुन त आइसीसीले खेलाडीहरुलाई खेल्न दिन्छु भनेको छ । तर, खेलाडीहरुले खेलेर मात्र हुँदैन’ उनले भने ।

उनले अघि भने, ‘आइसीसीले नेपाली क्रिकेटका सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्छु भनेको छ । अब यसलाई हामीले नयाँ सुरुवात बनाउन सक्नुपर्छ ।’ कप्तान पारसको भनाइमा आइसीसीको निलम्बनअघि पनि नेपाल क्रिकेट संघ पुरानै अवस्थामा अघि बढ्न सक्ने अवस्था थिएन ।

यो बीचमा नेपाली क्रिकेटले फड्को मार्नुमा उनले खेलाडी र प्रशिक्षकलाई जस दिए । ‘हामी डिभिजन ४ बाट १ मा आयौं । खेलाडी र प्रशिक्षकको मेहनतले यो सम्भव भएको हो’ कप्तान पारस भन्छन्, ‘क्यानले न्यूनतम वातावरण मात्र दिएको हो ।’

यस्तै अवस्थामा नेपाली क्रिकेट अघि बढ्छ भन्नु मूर्खता हुने उनी बताउँछन् । ‘नेपाली क्रिकेटलाई अघि बढाउन कुनै न कुनै कदम चाल्नु जरुरी थियो, आईसीसीको कदमलाई अवसरका रुपमा लिनुपर्छ,’ पारसले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment