Comments Add Comment

विश्व क्रिकेट लिगः नेपाल र नेदरल्याण्डको खेल तालिका सार्वजनिक

nepali cricket @ kirtipur nepvsnmb (13)

१४ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नेरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल क्रिकेट संघलाई निलम्बन गरेको भोलिपल्ट आईसीसीले खेल तालिका सार्वजनिक गरेको हो । जस अनुसार नेपालले नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा अगष्ट १३ र १५ अर्थात साउन २९ र ३१ मा खेल हुनेछ ।

यसले नेपाल क्रिकेट संघ निलम्बनमा परेपनि नेपालले खेल्ने अन्तराष्ट्रिय प्रतियोगितालाई भने असर नगर्ने प्रष्ट भएको छ । आईसीसीले क्यानलार्इ निलम्बन गर्दा पनि खेलाडीलाई असर नगर्ने बताएको थियो ।

नेपालसँग खेल्नु अघि नेदरल्याण्डले जुलाई अन्तिममा अफगानिस्तानसँग इन्टरकन्टिनेन्टल कप अन्तरगत चार दिवसीय खेल खेल्ने तालिका छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ । हङकङ ९ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल ४ अंकसहित पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment