+
+
Shares

गच्छादारको पार्टीबाट ‘मधेसी’ हटाइने !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते ६:४५

Bijaya-Kumar-Gachhadar१५ वैशाख, काठमाडौं ।  विजयकुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को नाम परिर्वतन हुने भएको छ ।

बैशाख २०, २२ गते विराटनगरमा हुने प्रथम राष्ट्रिय अधिवेशनबाट पार्टीले ‘मधेसी जनअधिकार शब्दावली निकालेर नयाँ नाम जुराउने भएको आजको नागरिक दैनिकमा समाचार छ ।

अहिले नयाँ विधान मस्यौदा लेखनमा जुटेको पार्टीका लागि तीनवटा नाम केन्द्रीय समितिमा प्रस्ताव गरिएको महाधिबेशन प्रचार प्रसार उपसमिति संयोजक डा सुबोधराज पोखरेलले बताए ।

अहिलेको नामले पार्टीलाई तराई मधेस, त्यसमाथि एउटै समुदायमा मात्रै केन्द्रीत गरेजस्तो देखिएको भन्दै फोरम लोकतान्त्रिकले नाम  परिवर्तन गर्न खोजेको हो ।  प्रथम राष्ट्रिय अधिवेशनबाट पार्टीले ‘मधेसी जनअधिकार ‘ शब्दावली निकालेर नयाँ नाम जुराउने भएको हो ।

संविधानसभाको चौथो शक्ति भएका कारण पनि आफ्नो पार्टी क्षेत्रीय पार्टी नभएको पार्टी अध्यक्ष विजयकुमार गच्छादारको दावी छ । त्यही अनुरुप पार्टीको नाम परिवर्तन गर्दे सवै क्षेत्रलाई समेट्नज खोजेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?