१५ वैशाख, काठमाडौं । एक साता बढी लामो भारत भ्रमण गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार स्वदेश फर्किंदैछन् ।
देउवा अपरान्ह साढे तीन बजे जेट एयरलाइन्सको विमानमार्फत स्वदेश फर्कने नेपाली कांग्रेसले जनाएको छ ।
पत्नी आरजुको उपचारका लागि भन्दै देउवा यही वैशाख ६ गते नयाँदिल्ली गएका थिए । नयाँदिल्ली बसाइको क्रममा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग राजनीतिक भेटवार्ता पनि गरेका थिए ।
भारतको हरियाणास्थित एक अस्पतालमा आरजुको उपचार गरिएको छ । ‘हिप रिप्लेसमेन्ट सर्जरी’ गरेकी आरजु भने अझै केहि दिन दिल्लीमै रहनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4