Comments Add Comment

मधेसी मोर्चाको आन्दोलनमा एमाओवादी नेता !

Gopal-Kirati

१५ वैशाख, काठमाडौं । सरकारविरुद्ध मधेसी मोर्चाले घोषणा गरेको आन्दोलनमा एमाओवादीका नेताहरुको समेत सक्रिय सहभागिता हुने भएको छ । मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनले सुरु गरेको सरकारविरुद्धको आन्दोलनमा सत्ता साझेदार एकीकृत नेकपा माओवादीनिकट किरात राज्य संघर्ष समिति सक्रिय सहभागी हुने भएको हो ।

गोपाल किराती संयोजकत्वको संघर्ष समितिको सचिवालय बैठकले संघीय गठबन्धनको आन्दोलनमा सक्रिय सहभागी हुने निर्णय गरेको हो । बैठकले किरात स्वायत्त राज्य चाहने किरातवादी समुदायलाई आन्दोलनका कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ ।

गोपाल किराती नेतृत्वको संघर्ष समितिमा एमाओवादीका नेता किरातीसहित एमाओवादी नेताद्वय सुरेशकुमार राई र रामकुमार राई पनि संलग्न छन् । त्यस्तै १५ सदस्यीय सचिवालयमा नेपाली कांग्रेसका प्रशान्त राई पनि सदस्य छन् ।

बैठकले संघर्ष समितिको सचिवालय सदस्य दुर्गा राईलाई सहसंयोजकको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । दूर्गा वैद्य माओवादीका नेता हुन् ।

किरात राई यायोक्खाको पहलमा केही समयअघि गोपाल किरातीको नेतृत्वमा संघर्ष समिति, अशोककुमार राईको संयोजकत्वमा किरात स्वायत्त राज्यका लागि वार्ता समिति र डा.नोवलकिशोर राईको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको थियो ।

मधेसी मोर्चा सम्मिलित गठवन्धनको २६ बुँदे माग पत्रलाई आत्मसाथ गर्दै पहिचानको आन्दोलनमा सहभागी हुने निर्णय भएको संयोजक गोपाल किरातीले बताए । मुद्दा मिल्ने पार्टी तथा सामाजिक संस्थाबीच किरात स्वायत्त राज्यका लागि संयुक्त मोर्चा बनाएर अघि बढ्ने योजना भइरहेको संयोजक किरातीले जानकारी दिए ।

एमाओवादी स्थायी समिति सदस्य किरातीले वर्तमान सरकारले जनचाहनाविपरीत काम नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग्दै आएका छन् ।

यसैवीच किरात राज्य संघर्ष समितिले मगरात भूमिमा रहेको ढोरपाटन शिकार आरक्षमा स्थानीय जनताको चाहनाविपरीत सरकारले जवरजस्ती नेपाली सेना पठाउन लागेको भन्दै त्यसको भत्सर्नासमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment