+
+
Shares

सल्यानमा एकै घरका ४ जनाको हत्या

डिल्लीराज रावत डिल्लीराज रावत
२०७३ वैशाख १५ गते १३:०१

Murder

बैशाख १५, सल्यान । गएराति सल्यानमा एकै घरका चार जनाको हत्या भएको छ ।

छायाक्षेत्र ९ रानागाउँ निवासी रमेश खान ठकुरीकी २३ बर्षीया श्रीमती सीता खान ठकुरी, छोरीहरु ३ बर्षीया पवित्रा खान ठकुरी र १ बर्षीया सविता खान ठकुरी र साली अनी शानपा ११ मार्के की १८ बषिर्या गीता गिरीको हत्या गरिएको हो ।

गएराति नै हत्या भएपनि उनीहरुको शव आज बिहानमात्र भेटिएको थियो । हत्याकोजानकारी स्थानीय गाउँलेले आजबिहान मात्र पाएका थिए । उनीहरुको हत्या हुँदा बेलुकीको खाना खाइनसकेको प्रमाण भेटिएपनि हत्या कसले र किन गरेको भन्नेबारे केहि थाहा नभएको स्थानीयले बताएका छन् ।

घटनास्थल पुगेर प्रहरीले शव संकलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

सल्यानमा पछिल्लो समय हत्याका घटनाहरु बढेका छन् । गत फागुन २२ मा त्रिवेणीमा पनि निर्मला वि.क.को हत्या भएको थियो । हत्याको छानविनका लागि विभिन्न समितिहरु गठन गरिए पनि पीडितले अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?