१६ वैशाख, काठमाडौं । कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । शनिबारबाट सुरु हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २५ गतेसम्म चल्नेछ ।
कञ्चनजंघा इन्टरनेशनलको आयोजनामा हुन लागेको कलेज प्रिमियर लिग क्रिकेटमा १६ टिमको सहभागिता रहनेछ । जसमा राष्ट्रिय टोलीका खेलाडीहरु समेत छन् । हरेक टिमले दुई विदेशी खेलाडी समेत राख्न पाउने व्यवस्था गरिएको छ ।
टी-२० फम्र्याटको यो ८ दिने प्रगियोगिताको विजेताले २ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले एक लाख हात पार्नेछ । खेलका क्रममा हरेक दिन फ्यान अफ दि डे घोषणा गरिनेछ र विजेताले १० हजार पाउनेछ ।
प्रतिक्रिया 4