Comments Add Comment

सल्यानमा एकै परिवारका चार हत्याका अभियुक्त ‘यौन पिपासु’

यौन सम्बन्ध राख्न नपाएपछि हत्याः प्रहरी

१६ वैशाख, सल्यान । सल्यानको राना गाउँमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Sanjya-Bharatiजिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले सन्जय भारतीलाई पक्राउ गरेको हो । उनी राना गाउँकै हुन् र हत्या आरोपमा पक्राउ परेका भारती अन्दाजी १८ देखि २० वर्ष उमेरका छन् ।

छायाँक्षेत्र गाविस राना गाउँकी सीता खाँड, उनकी दुई छोरी र बहिनीको मंगलबार राति हत्या भएको थियो ।
 
यौन प्यास मेट्न नपाएपछि हत्या ?

प्रहरीले कुकुरको सहयोगमा भारतीलाई पक्राउ गरेको हो । र, उनीसँग प्रारम्भीक बयान लिइसकिएको छ ।

भारतीले प्रहरीलाई दिएको बयानअनुसार उनले मंगलबार दिउँसो दाउरा चिर्ने काम सकाएपछि मादक पदार्थ सेवन गर्न गएका थिए । राति करिब ८ बजेतिर घर पुगेका उनी ओड्ने र ओछ्यान बोकेर सुत्न भन्दै बारीतिर लागे ।

मदिराले लठि्ठएका उनी यौन प्यास मेट्न गाउँ पसे । त्यही क्रममा चार जनाको हत्या गरेको पाइएको छ ।

सल्यानका डीएसपी श्याम खत्रीका अनुसार भारतीले सुरुमा करिब २० मिटर तल रहेको एक घरमा बस्ने करिब ६० वर्षीया महिलासँग जर्बजस्ती यौन सम्बध राख्ने प्रयास गरेका थिए । तर प्रतिवाद गरेपछि गाईगोठमा रहेको किलाले आक्रमण गरेर घाइते बनाए ।

त्यसपछि उनी अर्को घरमा गए, जहाँ सीता खाँडसहित ४ जना महिला-बालबालिका मात्र थिए । मदिराले मात्तिएका भारतीले सीता खाँडसँग पनि त्यस्तै व्यवहार गरे । त्यसक्रममा विवाद भयो र भारतीले किलाले आक्रमण गरेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सीताको हत्यापछि उनकी बहिनी गीता गिरीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेको र असफल भएपछि आक्रमण गरेको पाइएको छ । उनले आक्रमणपछि पनि गीतासँग यौनसम्बन्ध राख्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले दुईजनाको हत्यापछि साढे दुई वर्षषा छोरी पवित्रा र ११ महिनाकी सविता खाँडको पनि हत्या गरेका थिए । सुरुमा २ वर्षीया पवित्राले चिन्न सक्ने भन्दै आक्रमण गर्दा ११ महिनाकी सविताको ज्यान गएको र त्यसपछि पवित्राको पनि हत्या गरेको पाइएको छ ।

सल्यानका डिएसपी खत्रीले अनलाइनखबरसँग भने, ‘यौन उत्तेजनाले घटना भएको देखिन्छ । अभियुक्त पक्राउ परिसकेका छन् । कानुन अनुसार कार्वाही हुन्छ ।’

कसरी भयो अनुसन्धान ?

salyan-Murder

मध्यरातमा एउटै परिवारका चार जनाको हत्या भएको खबर पाएलगत्तै डिएसपी खत्री सहितको टोलि घटनास्थल पुगेको थियो । ६० वर्षकी महिलामाथि आक्रमण गरेको स्थानमा रगतको टाटा देखिएपछि प्रहरीले त्यहीँबाट अनुसन्धान अगाडि बढाएको थियो ।

घटनास्थल नजिकै रहेका सञ्जिव भारतीलाई प्रहरीले सुरुमै नियन्त्रणमा लियो । त्यसबेलासम्म थप अनुसन्धानको लागि कोहलपुरबाट कुकुरसहितको टोली सल्यान पुगेको थियो ।

भुन्टी नामको कुकुर घटनास्थलमा भेटिएको रगतको आधारमा पछ्याउँदै संजय भारतीको घरसम्म पुगेर रोकियो । त्यसैको आधारमा उनी पक्राउ परेको डिएसपी खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment