Comments Add Comment

बुद्धको जन्मस्थानबाट सुरु भयो रवि र खुश्वुको ‘जुनी’

khusbu and rabi
चलचित्र ‘जुनी’को छायांकन बुद्धको जन्मस्थान लुम्बिनी तथा बुटवलका आसपासका रमणिय स्थानबाट सुरु गरिएको छ । चलचित्रको ५० प्रतिशत छायांकन बुटवल र लुम्बिनीमा गरिने निर्माणपक्षले जानकारी गराएको छ । जीएस मुभी मेकर्स प्रालीको व्यानरमा सुर्य जीसीको प्रस्तुति रहने यो चलचित्रलाई रामेश कुमार राईले निर्देशन गरिरहेका छन् ।

चलचित्रलाइ हरिनारायण चौधरीले छायांकन गरिरहेका छन् । चलचित्रमा गम्भिर बिष्ट , रामजी लामिछाने तथा रबि कार्कीको कोरियोग्राफि रहनेछ । चलचित्रमा पहिलो पटक मुख्य सहायक निर्देशकको रुपमा सन्चारककर्मी तथा म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरेले काम गर्ने भएका छन् ।

चलचित्रमा खुब्वु ख्का र रवि कार्की मुख्य भूमिकामा छन् । यस्तै चलचित्रमा ओम प्रतिक , पर्वत राई , रबिन्द्र आचार्य , महेश महरा , निशान्त पाण्डे , शारदा भण्डारी  , सुक्रिया श्रेष्ठ , सोनु केसी लगायतका कलाकारको अभिनय रहने बताइएको छ  ।

रुपा जिसी को निर्माण रहेको यो चलचित्रका गीतमा बिकाश चौधरीको संगित सुन्न सकिने छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment