Comments Add Comment

डेब्यूका लागि स्टार कलाकार नै चाहिन्छ भन्ने सोच आएनँः क्रिस्टिन(भिडियो कुराकानी)

काठमाण्डौ लगायत देशभर दैनिकजसो आयोजना हुने सुन्दरी प्रतियोगिता जितेर चलचित्र क्षेत्रको रंगिन दुनियाँमा प्रवेश गर्नेहरुको संख्या धेरै छ । प्रतियोगिता जितेर आएका केही सिमित कलाकारहरुले सफलता पाएका छन् भने धेरैले यो क्षेत्रमा आफ्नो अस्थित्व जमाउन सकेका छैनन् ।

क्रिस्टिनसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


यस्तैमा, चैत १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’बाट मिस टिन अफ दि इयर २०१७’ विजेता क्रिष्टिन पौडेलले डेब्यु गर्दैछिन् । चलचित्रलाई लिएर क्रिष्टिन निकै आशावादी छिन् । उनी भन्छिन्–‘यो चलचित्रको कथाबस्तु निकै फरक छ । डबिङमा चलचित्र हेर्दा पनि म सन्तुष्ट छु । त्यसैले चलचित्र राम्रो हुने कुरामा आशावादी छु ।’

मिस टिन इन्टरनेशनलको उपाधी जितेपछि क्रिष्टिनलाई धेरै चलचित्रबाट अफर आएका थिए । तर, उनी तत्कालै चलचित्रमा काम गर्ने मुडमा थिइनन् । ‘अफरहरु धेरै आएका थिए । आफू सानै छु जस्तो लागेर काम गर्ने मुड बनाएको थिइनँ’, क्रिष्टिनले भनिन्, ‘तर, जब ‘शुभ लभ’बाट कुरा आयो र कथा सुने एकदमै फरक लाग्यो र काम गर्ने मुड बन्यो ।’ चलचित्रको कथा नायक तथा लेखक हरिहर अधिकारीले सुनाएका थिए । परिवारबाट पनि साथ पाएपछि उनी काम गर्न तयार भएकी थिइन् ।

चलचित्रमा आफ्नो भूमिका निकै सशक्त भएको क्रिष्टिन बताउँछिन् । उनी भन्छिन्– ‘यो चलचित्रको मुख्य कथा नै मेरो वरिपरी घुमेको छ । मेरो क्यारेक्टर सिम्पल, डिसेन्ट तर एकदमै महत्वपूर्ण छ ।’ धेरैले यो चलचित्र ज्योतिषसँग सम्बन्धित रहेको पनि भनिरहेका छन् । क्रिष्टिन यो कुरालाई स्विकार गर्दिनन् । ‘हो, हाम्रो चलचित्रमा ज्योतिषिका कुराहरु जोडिएको छ । चलचित्रमा एक जना ज्योतिष पात्र हुनुहुन्छ । तर, पूर्ण चलचित्र ज्योतिषको डकुमेन्ट्री भने होइन, उनले भनिन्, ‘शुभ लभ पूर्ण लभ स्टोरी चलचित्र हो ।’

चलचित्रमा क्रिष्टिनको जोडी भएर युवा ज्योतिषका रुपमा परिचित हरिहर अधिकारीले अभिनय गरेका छन् । हरिहरसँग काम गर्दा खुसी नै छिन् उनी । ‘कोही चलेको स्टारसँग डेब्यु गर्न पाएको भए हुन्थ्यो जस्तो लागेन ?’ भन्ने प्रश्नमा उनले भनिन्– ‘मलाई त त्यस्तो लागेन । यदि हाम्रो काम राम्रो छ भन्ने पक्कै हामीलाई दर्शकले रुचाउनु हुन्छ । मलाई हरिहरजीसँग डेब्यु गर्दा केही नराम्रो लागेको छैन् ।’ स्टार कलाकारसँग डेब्यु गर्दा प्रचारको लागि मात्र फाइदा हुने उनको बुझाई छ ।

अभिनय गर्न सजिलो पक्कै छैन । त्यो कुराको महशुस पनि क्रिष्टिनले गरेकी छिन् । ‘अभिनय गर्नु भनेको निकै गाह्रो काम रहेछ । म त कति पटक काम गर्दा गर्दै बेहोश भएको छु’, उनले भनिन्, ‘यो कुरालाई दर्शकले पछि रुचाउनु भयो भने बल्ल हाम्रो मिहिनेतले सार्थकता पाउनेछ ।’

क्रिष्टिन अब राम्रो चलचित्रको अफर आए निरन्तर यो क्षेत्रमा रहेर काम गर्ने सोचमा छिन् । ‘म राम्रो चलचित्र पाए भने गर्छु नत्र मलाई हत्तार छैन । कुर्छु तर नराम्रो चलचित्रमा काम गर्दिनँ’, क्रिष्टिनले भनिन् । क्रिष्टिनलाई फरक फरक भूमिकामा काम गर्ने रुचि छ । ‘अहिले लभर गर्लको भूमिका गरे । अर्को चलचित्रमा यो भन्दा फरक होस् भन्ने लाग्छ । त्यसको लागि म मिहिनेत पनि गर्नेछु ।’

यो चलचित्रको सफलता वा असफलताले आफूलाई खासै असर नगर्ने क्रिष्टिन बताउँछिन् । उनी भन्छिन्–‘यो चलचित्र असफल भएपनि अर्को चलचित्रमा मिहिनेत गर्नेछु । मेरो कामले राम्रो प्रतिक्रिया पाउन सक्यो भने त्यो नै मेरो सफलता हो ।’ क्रिस्टिन सुनिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment